मलको मारमा परेका किसान असिनाको मारमा

झापा एक्सप्रेस , ८९७६  पटक हेरिएको

शरणामती।आईतबार दिउँसो चार बजे झापा गाउँपालिका-३ का किसान लखिराम सोरेन चिन्तित देखिन्थे।कारण: उनले यहाँको २ बिगाह क्षेत्रफलमा लगाएको मकैवालीलाई हावाहुरी सहित परेको असिना पानीले चुटेर सखाप बनाएको थियो।”मलपानीको अभावमा चर्को मूल्य तिरेर भारतबाट गुणस्तरहिन मल ल्याएर दु:ख सुख मकै हुर्काइयो अहिले अचानक असिना पानी आएर वर्वाद गर्यो उनले भने “घोगा लाग्दै गरेका मकै यसरी चुट्दा अब मकैमा दाना लाग्दैनन।

यता झापा-३ कै स्थानीय खगेन्द्र विश्वकर्माले असिना पानी परेर आफ्नो छिद्र-छिद्र भएको घरको छानो देखाउदै पीडा पोखे।”आज अचानक एक बजे हावाहुरी सहित असिना पानी आयो दुई बिगाहमा लगाएको मकै सखाप बनाएको छ,रिॠ साहु गरेर लगाएको मकै एउटा संग्लो छैन,त्यहाँ जाँदा मेरो आखामा आँसु आयो मैले हेर्न सकिन उनले भने।”यसरी किसानलाई प्रकृतीले पनि ठगेको भन्दै हरेस खादै अब विदेश जाँदा नी उमेरले नहुने छोराछोरी कसरी पाल्नु भन्दै विश्वकर्माले चिन्ता पोखे।

यस्ता दु:ख पाउने यी त झापा गाउँपालिकाका प्रतिनिधी किसान मात्र हुन।यहाँ लगाएको सयौं हेक्टर मकैवालीमा आइतवार परेको हावाहुरी सहितको असिना पानीले क्षती पुर्याएको छ।झापा-४ का मार्सेद अलिले पनि डेढ बिगाह मकैमा असिनाले क्षती पुर्याएको बताए।

मकै जोन कार्यक्रम अन्तरगत मकैवाली लगाउन हौसिएका किसान पछिल्लो समय मकैबालीमा गरेको लगानी समेत नउठ्ने जोखिममा रहेका छन् ।समयमा रसायनिक मल नपाउने समस्या त छदैछ।यस्ता बेमौसमी प्राकृति प्रकोपले पनि किसानलाई नै सताउने गरेको छ।

प्रकाशित मिति: २०२२-०४-१० , समय : १९:१५:२४ , २ वर्ष अगाडि