हल्दिबारीमा मितेरी टोलका सबै माओवादीमा प्रवेश

झापा एक्सप्रेस , १०७७१  पटक हेरिएको

हल्दिबारी । झापा हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मितेरी टोलका सबै र आमराघुट्टु टोलका स्थानीय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नागरिकता दिलाएर नेपालको नागरिक बनाउने नै माओवादी केन्द्र भएको भन्दै स्थानीयहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र हल्दिबारी वडा नम्बर–४ ले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा मितेरी टोलका सबै र आमराघुट्टु टोलका केहि स्थानीय अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । राज्यबाट उपेक्षित सिमान्तकृत सन्थाल, आदिवासी तथा कथित दलितहरुको बसोबास रहेको उक्त टोलका करिब ४० जना स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेको क्षेत्र नम्बर ३ का माओवादी केन्द्रका संयोजक भवानी दंगालले जानकारी दिए ।

नेपाली नागरिक भएपनि नागरिकता विहिन हुँदा विभिन्न समस्या झेल्नुका साथै सरकारी सुविधाबाट बञ्चित भएर बसेको अवस्थामा माओवादी पार्टीकै कारण नागरिकता प्राप्त गर्न सकिएको भन्दै स्थानीयहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीको जिल्ला सहइन्चार्ज ज्योतिसिं दर्लामी, संविधानसभा सदस्य तथा पार्टीका जिल्ला सचिव मोहन टुडु ‘सरोज’, क्षेत्र नम्बर ३ का पार्टी संयोजक भवानी दंगाल लगायतले अबिर तथा खदा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२२-०४-०९ , समय : १९:०३:०३ , २ वर्ष अगाडि