आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन् : गृहमन्त्री खाँड

झापा एक्सप्रेस , ९०३५  पटक हेरिएको

बेनी-गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको साताँै राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताउनुभयो ।

“हामीले तराईदेखि हिमालको फेदीसम्म हे¥यौँ भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँहरुप्रति सरकार धन्यवाद ज्ञापन गर्न चाहन्छ”, उहाँले भन्नुभयो । नेपालको दुर्गम र विशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन गर्दा स्थानीयवासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो । “खानीले तत्कालीन समयमा नेपालको आवश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खननको क्रममा पनि आदिवासी जनजातिहरुसँगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयवासीको भावना र चाहना समेटिनुपर्छ, स्थानीयवासीको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन हुन्छ”, गृहमन्त्री खाँणले भन्नुभयो ।

नेपाल भूगोलका रूपमा सानो रहे पनि संस्कृति, धर्म, भाषा, भूगोल र जातीय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राख्नुभयो । उहाँले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।

बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकीसहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक वेषभूषा, कला संस्कृतिलाई ¥यालीसहित प्रदर्शन गरिएको हो । झाँकीसहितको ¥यालीपश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सम्पन्न भएको थियो ।

महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयाँैको सङ्ख्यामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो । महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० भन्दा बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी सङ्घका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।(रासस)

प्रकाशित मिति: २०२२-०४-०८ , समय : २०:१२:५४ , २ वर्ष अगाडि