झापा गाउँपालिका-पन्थापाडाबाट लागुऔषध सहित एक भारतीय पक्राउ

झापा एक्सप्रेस , ६५९८६  पटक हेरिएको

झापा एक्सप्रेस,असार १६।झापाको झापा गाउँपालिका-५ पन्थापाडाबाट लागुऔषध सहित एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पंन्चायत वार्ड नं. १ बस्ने ३२ वर्षीय तनविर आलम रहेको प्रहरीले जनाएको छ।शनिबार बेलुका अन्दाजि १८:३० बजे झापा झापा गाउँपालिका वडा नं. ५ पन्थापाडा स्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरीको चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 37 H 9555 नम्बरको भारतिय मोटरसाईललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार आलमको साथबाट प्रतिबन्धित लागु ‍औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ७ ग्राम ५८० मिलिग्राम, प्लाष्टिक बाहेक ५ ग्राम ४८० मिलिग्राम फेला पारेको थियो।साथै नेपाली रुपैयाँ उन्चालिस हजार एक सय र भारतिय दुई सय रुपैयाँ, VIVO कम्पनिको मोबाईल १ थान सहित फेला पारि प्रहरी चौकी शरणामतिमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०२४-०६-३० , समय : ०७:३२:१८ , ३ हप्ता अगाडि