झापा गाउँपालिका एमाले-तिन वटा वडामा वडाध्यक्षका उम्मेदवार सर्वसम्मत

झापा एक्सप्रेस , १५७८९  पटक हेरिएको

शरणमती।बैशाख ३० गते हुने भनिएको आसन्न स्थानीय तहको निर्वाचनका लागि झापा गाउँपालिका एमालेका तर्फबाट झापा गाउँपालिकाको ३ वटा वडामा वडाध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन भएका छन्।

अरु वडामा धेरै आकांक्षी भएर उम्मेदवार चयनमा ढिलाई भईरहेका बेला १,३ र ७ मा भने उम्मेदवारको टुंगो लागेको बताइएको छ ।एमालेको १ नम्बर वडा कमिटीले पार्टीको तर्फवाट माधव पोखरेललाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार चयन गरेको बताइएको छ। पार्टीको वडास्तरीय भेलाले पोखरेललाई वडाध्यक्षका लागि पार्टीको तर्फवाट सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी वडा नम्बर  ३ को वडास्तरीय भेलाले खड्ग राजवंशीलाई वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।यता वडा नं ७ को वडा कमिटीले सारद तिम्सिनालाई वडाध्यक्ष लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको बताइएको छ।

वडा भेलाले उम्मेदवार सर्वसम्मत चयन गरेको भनिए पनि झापा गाउँपालिका कमिटीमा उम्मेदवार छनौटको कुनै आधिकारिक पत्र आइनपुगेको कमिटि अध्यक्ष गजेन्द्र ताम्लीले बताए।“वडा कमिटीले वडाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको हो या होइन अहिले गाउँ कमिटीलाई कुनै आधिकारिक पत्र आएको छैन,समय बाँकी छ,२९ गते उम्मेदवारहरुको सबै लिस्ट आउछ “ताम्लीले भने।

प्रकाशित मिति: २०२२-०४-०७ , समय : २०:२६:५६ , २ वर्ष अगाडि