चौथो अध्यक्ष कप – तिन खेल सम्पन्न

झापा एक्सप्रेस , ५१९२१  पटक हेरिएको

शरणामती – झापाको झापा गाउँपालिकामा जारी चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगिताको लिग चरणको खेलमा संखुवासभालाई पराजित गर्दै झापा निलो र चितवनलाई पराजित गर्दै भोजपुर विजयी भएका छन् साथै दुइ टिमका विजेता बीच भएको प्रतिषपर्धामा भोजपुरमाथी जित निकाल्दै आयोजक झापा निलो विजयी बनेको छ । झापा – ६ शरणामती स्थित जनता माविको खेल मैदानमा हिजो बिहिबार भएको खेलमा सो टिम विजयी बनेका हुन् ।

पहिलो खेलमा झापा नीलोले संखुवासभालाई ३-१ को सेटमा पाखा लगाउदै आफ्नो जित सुनिश्चित गरेको हो ।उक्त खेलमा झापाका बिमान खड्का म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा भोजपुर र चितवन बीच भएको खेलमा ३-२ को सेटमा चितवनलाई हराउदै भोजपुर विजयी बनेको छ । उक्त खेलमा चितवनक जयराम खत्री म्यान अफ द म्याच घोषित भए । हिजै भएको तेस्रो खेलमा झापा निलोले भोजपुरलाई ३-१ को सेटमा पाखा लगाउंदै आफ्नो जित सुनिश्चित गरेको छ । उक्त खेलमा झापाका कृष्ण तामाङ्ग म्यान अफ द म्याच घोषित भए ।

पहिलो चरणका सम्पूर्ण खेलहरु बेस्ट अफ थ्रीका आधारमा खेलाइएको थियो ।दोस्रो चरणमा बेस्ट अफ फाईबका आधारमा खेलहरु भएका थिए ।हिजो लिग चरणका खेलहरु भएका छन् । टप चारबाट सुपर लिगको आधारमा अंक जोडेर टप दुइ टिमलाई फाइनल खेलाउने आयोजक समितिले जानकारी दिएको छ ।

चौथो अध्यक्ष कपको विजेताले १ लाख ६५ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।,सेमिफाइनलबाट बाहिरिने दुबै टिमलाई नगद १५/१५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ११ हजार ,उत्कृष्ट सर्वर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
जेठ १ गते देखी शुरु भएको प्रतियोगिता जेठ ५ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति: २०२४-०५-१७ , समय : ०८:१२:४० , ४ हप्ता अगाडि