कनकाईमा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा एक्सप्रेस , ५७०४३  पटक हेरिएको

झापा – झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा उनलाई साँझ पौने सात बजे करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-१३ , समय : १८:३९:३६ , ६ महिना अगाडि