झापामा चट्याङ लागी एक जनाको मृत्यु

झापा एक्सप्रेस , ४६९४२  पटक हेरिएको

झापा – झापामा चट्याङ लागी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने बर्ष अन्दाजी ५४ का मोहन प्रसाद दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुलाललाई अन्दाजी बेलुका ४.५० बजेको समयमा घर नजिकै मकै बारीमा मकैमा मल लगाउदै गरेको अबस्थामा अचानक गड्याङगुडुङसंगै परेको चट्याङ लागी छाती तथा पेटको भागमा पिल्सिएको घाईते अबस्थामा निजका आफन्तले देखि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएकका थिए ।

गम्भीर अवस्थामा रहेका दुलालको उपचारको क्रममा अहिले बेलुका ६.२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति: २०२४-०५-०७ , समय : १८:५१:०८ , १ महिना अगाडि