पोलमा लगाईएको तार, हावाहुरीका कारण एक आपसमा ठोक्किदा मण्डलको घरमा आगलागी

झापा गाउँपालिका मण्डलको घरमा आगलागी,करिव २ लाख ५० हजार बराबरको क्षती

झापा एक्सप्रेस , ३१४७४  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ७ का कृष्ण मण्डलको घरमा आगलागी भएको छ।

आज मंगलबार करिब दिउँसो ३.१५ बजे टिनको छानो र टाटीबेरा भएको मण्डलको घरमा आगलागी हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएको छ।नगद सहित लत्ताकपडा , धान चामल,सुन चाँदी जल्दा करीब २ लाख ५० हजार सम्मको क्षती भएको प्रहरीले जनाएको छ।

पोलमा लगाईएको तार, हावाहुरीका कारण एक आपसमा ठोक्किदा आगो उत्पन्न भएर मण्डलको घरको छानोमा आगोले भेटेको प्रहरीको पुर्वानुमान रहेको छ।यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो ३.१५ बजे सल्केको आगो स्थानीय तथा प्रहरीले ३५ मिनेट पछी ३.५० मा नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १८:१०:१० , २ हप्ता अगाडि