झापा गाँउपालिकाद्वारा ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

झापा एक्सप्रेस , १९३०३  पटक हेरिएको

विद्यार्थीहरुलाई उच्च शिक्षामा हौसला प्रदान गर्ने उद्धेश्यले झापा गाउँपालिकाले ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आफ्ना पालिकाभित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार दुई सय ५० ,कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो ।

झापा गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन हुने गरेको छ । डिल्लीराज माध्यमिक विद्यालय,जनता माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय रहेका छन् . झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।यस्ता कार्यक्रमले शैक्षिक पहुँचमा अभिवृद्धि गर्ने उद्धेश्यले गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउँदै प्रमुख प्रसासकीय आधिकृत गजेन्द्र थपलियाले लगानीको प्रतिफल आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

यता छात्रबृती पाएका विद्यार्थीहरुले समेत खुसी व्यक्त गर्नुभएको छ .

यद्दपी सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्थानीय सरकारले गरेको लगानी प्रभावकारी नभएको गत वर्षको कक्षा १२ परीक्षाको नतिजाले देखाएको छ .गत वर्ष कक्षा १२ को परिक्षा दिएका डिल्लीराज माध्यमिक विद्यालयमा नियमित तर्फ १६३ जना विद्यार्थीले परिक्षामा भाग लिएका मध्ये २१ जना उत्तीर्ण भएका थिए ।१४२ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए ।डिल्लीराजका १८ जना विद्यार्थी कुनै पनि विषयमा उत्तीर्ण भएका थिएँनन ।उनीहरु ६ वटै विषयमा अनुत्तीर्ण भएका थिए ।त्यस्तै जनता माध्यमिक विद्यालयबाट नियमित तर्फ ९१ जनाले परिक्षामा भाग लिएकामा १७ जना उत्तीर्ण भएका थिए ।७४ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए ।यस्तै विद्यालयको प्राविधिक धार तर्फ १८ जनाले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका थिए ।जनताका ७ जना विद्यार्थी कुनै पनि विषयमा उत्तीर्ण भएका थिएनन ।उनीहरु ६ वटै विषयमा अनुत्तीर्ण भएका थिए ।

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १७:५४:१६ , २ हप्ता अगाडि