झापा एक्सप्रेस , ११३१३ पटक हेरिएको
शरणामती।आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिदै गर्दा झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा राप्रपाबाट चार जना वडाध्यक्ष पदका लागि आकांक्षी देखिएका छन् ।राप्रपाको प्रभावशाली क्षेत्र मानिएको वडा नम्बर ६ मा वडाध्यक्ष पदमा उम्मेदवारीका लागि भबिन्द्र भण्डारी,खगेन्द्र सिलवाल,हस्त बहादुर बोहोरा( कुमार) र प्रेम कृष्ण प्रसाईले आकांक्षा देखाएका हुन् ।
एकै पदका लागि चार जनाको लडाई हुँदा राप्रपामा वडाध्यक्ष पदको उम्मेदवारीका लागि सहमतीको प्रयास भइरहेको आकांक्षी खगेन्द्र सिलवालले बताए।
वडाध्यक्ष पदका लागि आकांक्षा देखाउने चारै जना युवा नेता हुन् ।२०६८ साल देखि राप्रपाको सक्रिय राजनितीमा लागेका खगेन्द्र सिलवाल पार्टीको विभिन्न तह र तक्पामा कृयाशिल भई राजनीति गर्दै आइरहेका छन् ।यता हस्तबहादुर बोहोरा(कुमार) २०६३ बाटै पार्टीमा सक्रिय राजनीति गर्दै आइरहेका छन् ।उनी न्यू पाथीभरा सहकारीको अध्यक्ष,रानी सामुदायिक बनका उपाध्यक्ष जस्तो गरिमामय पदमा कार्यरत छन् ।यता प्रेमकृष्ण प्रसाईं भने भर्खरै नेपाली काँग्रेसबाट राप्रपामा प्रवेस गरेका हुन् ।
त्यस्तै भविन्द्र भण्डारी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा नम्बर ६ को वडाध्यक्ष पदमा एमाले सँग पराजय भोगेका व्याक्ती हुन् ।एमालेका हरीबहादुर बानीयाँले ९०७ ल्याउदा उनले ५४८ मत ल्याएका थिए।उनी २०६८ साल देखि राप्रपामा सक्रिय राजनिती गर्दै आइरहेका छ्न।
प्रकाशित मिति: २०२२-०४-०५ , समय : ०७:४०:१३ , ३ वर्ष अगाडि