कनकाई मुस्लिम समाजले हर्सोल्लासका साथ धुमधामले मनायो ईद

झापा एक्सप्रेस , ४३६१३  पटक हेरिएको

कनकाई मुस्लिम समाजले हर्सोल्लासका साथ शुभकामाना अादान प्रदान गर्दै धुमधामले ईद पर्व मनाएको छ ।

आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट समाजले बिहिवार कनकाई नगरपालिका ४ कन्चन टोल स्थित मुस्लिम बस्तिमा शुभकामना अादान प्रदानको कार्यक्रम गर्दै खुसी साटासाट गरी धुमधामले ईद पर्व मनाएको हो ।

समाजका अध्यक्ष निशान खानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर पालिकाकका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना मन्तव्य राख्दै सम्पुर्ण नेपाली हरुले मनाउने आ-आफ्नो पर्व उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले हरेक समुदायले आफ्नो कला संस्कृती बचाई राख्न पनि पर्व मनाउन आवश्यक रहेकोे र यस्ता पर्वहरुले थप सद्भाव बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदी , कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरवहादुर थापा , नेपाली काङ्ग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईं , नेकपा समाजवादीका नगर अध्यक्ष प्रतीक राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्था स्थापना काल देखि विभिन्न समयमा संस्थालाई सहयोग पुर्याउनु हुने रविन गुप्ता र मिरा प्रधानलाई सम्मान समेत गरिएको कार्यक्रममा छवि थपलिया , प्रकाश श्रेष्ठ , अर्पन राई , श्याम कुमार राई , विजय शर्मा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत समाजका सदस्य स्माएल अालमले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन मिरा प्रधानले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०४-१३ , समय : १२:५४:२८ , ३ हप्ता अगाडि