झापाको गौरीगञ्जमा आगलागी

झापा एक्सप्रेस , २८११५  पटक हेरिएको

झापाको गौरीगञ्जमा आगलागी भएको छ । आगलागीबाट भान्सा घर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ । मंगलबार बिहान राति २ बजेको समयमा गौरीगञ्ज गाउँपालिका- ६ कनचिरा बस्ने मजेबुल मियाँको इँटाको वाल र टिनको छानो भएको भान्सा घरको चुलोबाट अचानक आगलागी भएको थियो ।

आगलागीबाट भान्सा घरमा सामान्य क्षति पुगेको छ भने उक्त भान्सा घरभित्र राखेको बीआर ४११५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल पूर्ण रुपमा जल्दा अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा बिहान २:२० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-०९ , समय : १०:४७:०९ , १ महिना अगाडि