सुकेडाँगीमा रुखबाट झरेर एकको मृत्यु

झापा एक्सप्रेस , १८५६९  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा घाँस झार्न रुखमा चढ्दा लडेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५२ बर्षिय चेतबहादुर राई सिरिसको रुखमा घाँस झार्न चढदा आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट झरेर घाईते हुनुभएको थियो ।

घाईते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले घाईते राईलाई परिवारले जिम्मा बुझेर ल्याउदा घरमै सोही दिन राती साढे ८ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-०९ , समय : ०६:५२:४२ , १ महिना अगाडि