झापा गाउँपालिकामा ग्रामिण पशु स्वास्थ्य तालिम

झापा एक्सप्रेस , १२६८६१  पटक हेरिएको

झापाको झापा गाउँपालिकामा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम दिन थालिएको छ । स्थानीय १० जनालाई ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम दिन तालिम दिन थालिएको हो ।

झापा गाउँपालिका र मिसियो जर्मनीको आर्थिक सहयोगमा तालिम दिइएको गाउँपालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो । तालिम कार्यक्रमको आयोजना कारितास नेपालले “सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन तथा मानव बेचबिखन रोकथाम परियोजना” अन्तरगत गरेको हो ।

कुल १० जनाले लिने ३९० घण्टे तालिममा पशु सम्बन्धी रोगका साथै पशुलाई कसरी हेरविचार गर्ने लगायतका बिषयमा सिकाइने प्रशिक्षक भोलासंकर राजबंशीले बताउनुभयो ।

ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिममा भाग लिएका प्रशिक्षार्थीहरुले पशु हेरचाहलाई गाउँघरमा समेत सिकाउन पाइने भन्दै खुसी व्यक्त गरेका छन् ।

यस ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिममा प्रतिनिधी मुलक सहभागिता गराइएको हो ।तालिममा भाग लिएका प्रशिक्षार्थीहरुले गाउँघरमा समेत पशुमा समस्या देखिए प्राथमिक उपचारमा सहयोग गर्नेछन् ।

घरगाउँका छरछिमेकमा पशुचौपाया बिरामी हुँदा आवश्यक सहायताका लागी उक्त तालिम दिइएको वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापाले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०४-०५ , समय : १९:१५:१० , १ महिना अगाडि