भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै

झापा एक्सप्रेस , १००१४  पटक हेरिएको

भद्रपुर। माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) २ नं. वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप) को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा नं. २ कमिटी गठन गरेको छ ।

नवगठित कमिटीको उपाध्यक्षहरु सक्षम तामाङ, डेञ्जे राई, डिके खुलाल, सचिव विक्लप खनाल, सह–सचिव कुसल बिक, प्रसन बिक, बिमल गुइदे र कोषाध्यक्ष रबि धमला रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ३ इञ्चार्ज डिल्ली घिमिरेले युवाकै बलिदान र संघर्षबाट आजको परिवर्तनका आएको बताउनुभयो । उहाँले उपलब्धिलाई रक्षा गर्दै भोको पेट र नाङ्गो आँङसम्म खाना र नाना पु¥याउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टी नेताहरु खगेन्द्र पराजुली, नरेश सञ्जेल, तारामणि सापकोटा, शिवकुमार राजभण्डारी, मानुु तामाङले लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

पार्टीका २ नम्बर वडाध्यक्ष नीरप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन थिरेन्द्र पौडेल र स्वागत राजु दाहालले गर्नुभएको थियो ।

एक घर एक वाइसीएलको फराकिलो घेराबाट अघि बढ्ने नव गठित कमिटीको योजना रहेको अध्यक्ष मगरले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०४-०४ , समय : १९:०२:२६ , ३ वर्ष अगाडि