झापा एक्सप्रेस , २१२५१ पटक हेरिएको

बिर्तामोड । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सहिदले अपेक्षा गरेको उद्देश्यबाट बिचल्लीत नहुन सबैलाई आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ का प्रमुख अतिथि मन्त्री कार्कीले संघीय लोकतान्त्रिक ब्यवस्था आएपनी ब्यवस्था अनुसार जनताले सुशासन र खुसी नपाएको भन्दै बिचल्ली नहुन आग्रह गरेका हुन् ।
सहिदहरुले गरेको बलिदानी र सपना पूरा नभएको, देशमा शिक्षा, स्वास्थ्य, युवा रोजगारका क्षेत्रमा नीतिगत बिषय कार्यान्वयन हुने क्रममा रहेको मन्त्री कार्कीको भनाई थियो ।
प्रदेश सरकारले सहिद तथा वेपत्ता परिवारलाई १ लाख दिने भनी गरिएको निर्णय सहि नभएको उल्लेख गर्दै मन्त्री कार्कीले भने,` एउटै घर परिवारमा ३-४ जनासम्म सहिद तथा वेपत्ता भएको तथ्यांक छ । त्यस्तो परिवारभित्रको पीडालाई उक्त रकमले सम्बोधन गर्दैन ।´ त्यसैले जति दिने हो प्रतीब्यक्तीको रुपमा सम्बोधन गर्नु नै न्यायीक हुन्छ-उनले भने ।
कार्यक्रममा पुर्वकृषि मन्त्री झलकसिंह दर्लामी, सहिद परिवारका रत्न घिमिरे, लालसुन्दर राई, एकीकृत समाजबादीका वेदराज रेग्मी, माओवादी बिप्लप पार्टीका सुमन सि लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले सहिद तथा वेपत्ता परिवारको समस्या र गुनासोका बिषयमा मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए ।
निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बस्नेतले गरेका थिए ।
प्रकाशित मिति: २०२४-०३-०४ , समय : १९:२४:५८ , १ वर्ष अगाडि