झापा गाउँपालिकामा ४ दलीय गठबन्धनको संकेत

झापा एक्सप्रेस , १२०५५  पटक हेरिएको

शरणामती/झापाको झापा गाउँपालिकमा स्थानीय तह निर्वाचनलाई लिएर चार दल बिच गठबन्धन हुने संकेत देखिएको छ ।

आज आइतबार ४ दलको उपस्थितीमा बसेको भेलाले नेपाली कांग्रेसका झापा गाउँपालिका सभापती सागीरथप्रसाद गणेशको संयोजकत्वमा १३ सदस्यीय गठबन्धन कार्यदल समिति गठन गरेको जनता समाजवादी पार्टीका नेता सन्तोषकुमार गणेशले बताए ।“ गठबन्धन कार्यदल बन्यो।भोलि सोमबार बिहान् ९ बजे कार्यदलको बैठकले चुनाव सम्बन्धि निर्णय लिइ जिल्ला गठबन्धनलाई सिफारिस गर्ने निर्णय भयो “उनले भने ।भेलाले झापा गाउँपालिकामा सत्तारूढ ४ दल मिलेर जाने र पदको बाडफाड भोलीको बैठकले गर्ने र अन्तिम निर्णय गठबन्धन जिल्लाले गर्ने भन्ने विषयमा छलफल भएको गणेशले बताए ।

यो संगै झापा गाउँपालिकामा समेत नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल हुने संकेत देखिएको छ ।

प्रकाशित मिति: २०२२-०४-०३ , समय : २०:१४:२० , २ वर्ष अगाडि