जिप्रक सेन्ट गोविन जिप्सनको उत्पादन सम्बन्धि कार्यशाला बिर्तामोडमा

झापा एक्सप्रेस , ४३५८२  पटक हेरिएको

बिर्तामोड,विश्वव्यापी कम्पनी सेन्ट गोविन जिप्रकले आफ्ना उत्पादन र यसका नयाँ उत्पादनका वारेमा यहाँस्थित नेपालको कोशी प्रदेशका लागि बिर्तामोडमा वृहत कार्यशालाको आयोजना गरेको छ ।

विश्वका ७४ देशमा आफ्नो उत्पादनलाई विक्री गर्दै आइरहेको यस कम्पनीले आफ्नो गुणस्तरीय उत्पादनका कारण नेपालको सबै जिल्लामा आफ्नो उत््रपादनलाई विक्री गर्दै आइरहेको र कोशी प्रदेशका व्यापारी, तथा ठेकेदारहरुलाई लक्षित गरि बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा एकदिने कार्यशालाको आयोजना गरिएको छ । यसको समन्वय सेन्ट गोविन जिप्रक जिप्सनको आधिकारीक विक्रेता स्वीट्स होम डेकिरेशन बिर्तामोडले गरेको हो । जसमा विश्व विख्यात कम्पनी सेन्ट गोविनका उत्पादन र नयाँ आउन लागेका उत्पादनहरु विभिन्न जिप्सन आइटमहरु, फल्स सिलिङ्ग बोर्ड लगायातका वारेमा कम्पनीका निर्यात मेनेजर जोनले सेन्ट गोविन कम्पनी लामो समयदेखि आफुलाई अपग्रट गर्दै गइरहेको हुदा विश्व परिवेश र नेपालका लागि समेत समयसुवाउदो उत्पादनमा ध्यान दिएको बताउँनुभयो । बातावरण अनुकुलित तथा आगलागि प्रतिरक्षात्मक सेन्ट गोविनको उत्पादनका कारण कम मुल्यमा ग्राहकले आवश्यकीय जिप्सन बोर्ड लगायतका उत्पादन पाउदै आएको बताउँनुभयो । साथै कम्पनीेले घर कार्यालय बाहिर समेत लगाउन मिल्ने विभिन्न जिप्सन बोर्डहरुको समेत उत्पादन सुरु गरिसकिएको सो अवशरमा जानकारी गराउँनुभएको थियो । आगलागिबाट बच्न, घामपानी प्रतिरोधी तथा साउण्ड प्रुफ बोर्डहरु समेत बजारमा आइसकेको बताउँदै विश्वमा आईएसओ मान्यता प्राप्त उत्पादनहरु मात्रै नेपालमा विक्री गर्दै आएको भन्दै यसले गुणस्तरीय उत्पादनमा ध्यान दिएको बताउँनुभयो ।

सो अवशरमा जिप्सन कालिगढहरुलाई समेत आवश्कीय परामर्श र तालिम समेत प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै सेन्ट गोविन जिप्रकका नेपाल एरिया मेनेजर राकेश कर्णले कम्पनीले विश्वका ७४ देशमा व्यापार गर्दै आएको बताउँदै नेपालमा समेत गुणस्तरीय सामाग्रीहरुको व्यापार गर्न पाउँदा कम्पनी र नेपाली ग्राहक दुबैलाई फाईदा मिलेको बताउँनुभयो । कम्पनीको रणतिनि समेत नेपालमा अत्याधिक गुणस्तीय सामाग्रीहरु उत्पादन र विक्री गर्नु रहेको भन्दै नेपालमा ग्लासरक एक्स नामक नयाँ उत्पादन समेत सुरु गरिसकिएको बताउँनुभयो । पहिले कम्पनीले सिमेन्ट बोर्डको प्रयोग गरिरहेकोमा थप गुणस्तीय रुपमा बाहिरी वालमा समेत प्रयोगमा ल्याउन सकिने गरि उत्पादन सुरु गरिसकेको जानकारी दिनुभयो । भारतमा मात्रै ६ वटा उद्योगहरु संञ्चालनमा रहेको भन्दै अबको ७ औ प्लान्ट भारतको चेन्नईमा समेत सञ्चालनमा आउने लागेको जानकारी दिनुभयो । हाल चलिरहेको उत्पादन र थप उत्पादन गरिएका सामाग्रीहरुका वारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेपालकालागि एरिया मेनेजर कर्णले जानकारी दिनुभयो ।

यता कार्यक्रमको समन्वयकर्ता कम्पनीका कोशी प्रदेशका आधिकारीक स्वीट्स होम डेकेरेशनका सञ्चालक चन्द्रप्रसाद अधिकारीले जिप्सन बोर्डलाई सहि तरिकाले कसरी प्रयोग गर्ने, कसरी यसको सहि सदुपयोग गर्ने भन्ने वारेमा यसका विक्रेता र ठेकेदारहरुलाई कम्पनीका तर्फबाट जानकारी दिन र थप यसका उत्पादनहरुको वारेमा परिचय गराउँन कार्यक्रमको यसरी समय समयमा यस्ता खाले कार्यशाला राखिने बताउँनुभयो । कार्यक्रममा यस क्षेत्रका जिप्सन बोर्ड विक्रेता, मिस्त्री र ठेकेदार गरि १०० जनाको सहभागिता रहेको समेत चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०२-०२ , समय : ०७:४४:१४ , १ वर्ष अगाडि

error: Content is protected !!