राष्ट्रपती रनिङ्ग शिल्डमा जनता मावी लगातार चौथो पटक प्रथम

झापा एक्सप्रेस , ५०६९८  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिकामा भएको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनता माध्यमिक विद्यालयले प्रथम स्थान हात पारेको छ ।जनता माविले यो समेत गरेर लगातार चौथो पटक उपाधी चुमेको हो ।

शिक्षा शाखाको आयोजनामा जनता माविको खेलमैदानमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जनता माविले ११ स्वर्ण १० रजत १ कास्य पदक प्राप्त गर्दै उत्कृष्ट बनेको छ ।

प्रतियोगिताको दोस्रो स्थानमा डिल्लीराज मावि पर्न सफल भएको छ ।डिल्लीराजले ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको शिक्षा साखा प्रमुख जीवनप्रसाद ढकालले जानकारी दिनुभयो । त्यस्तै तेस्रो स्थानमा पर्न सफल चन्द्रज्योती अंग्रेजी माविले ६ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । झापा गाउँपालिकका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया लगायतले उत्कृष्ट खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको छ ।

जनता मावीको खेलमैदानमा यही माघ ११ गते देखि १३ गते सम्म सन्चालन भएको प्रतियोगितमा विभिन्न विधा समेटिएको शिक्षक रोहित पोद्दारले जानकारी दिनुभयो । अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।

खेलकुद व्यवस्थापन तथा निर्देशन समिति सदस्य सचिव सूर्यकान्त राउतको सभापतित्व र पालिकाका कार्हवाहक अध्यक्ष थपलियाको आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा वडाध्यक्षहरु,विद्यालयका प्रधानाध्यापकहरु,शिक्षा सेवी लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: २०२४-०१-२८ , समय : ०८:२८:२३ , ५ महिना अगाडि