डिल्लीराजका प्रधानाध्यापक गुप्तालाई निलम्बनमा राख्न माग गर्दै सर्वदलले वुझायो ज्ञापनपत्र

झापा एक्सप्रेस , ६२९६३  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका-४ स्थित डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्तालाई निलम्बनमा राख्न माग गर्दै सर्वदलले झापा गाउँपालिकालाई ज्ञापनपत्र वुझाएको छ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तम शर्मा सुवेदीको अध्यक्षता बसेको सर्वदलीय बैठकको निर्णयानुसार गुप्तालाई निलम्बनमा राख्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुको सर्वदलीय बैठकले डिल्लीराज माविको विगत ४ वर्षदेखी सालेप नगरेको र हालमा सालेप गर्ने क्रममा पिटिए अध्यक्ष साजेमान सेखलाई विलभर्पाइ माइन्युट दिन आनाकानी गरी अलमलाउने काम गरेको हुँदा हामी सर्वदलिय भेलाले अपारदर्शी र अनियमितता भएको महसुस गर्दै सालेप र मलेप गाउँपालिकाको रोहबरमा पिटिए समिती,व्यवस्थापन समिती साथै जनताको सरोकारको विषय भएकोले सर्वदलीय प्रतिनिधिको रोहवरमा गराउने भनी सर्वसम्मत निर्णय गर्दै यही विषयमा गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

साथै सर्वदलिय बैठकले व्यवस्थापन समिति,पिटिए समिति र सर्वदलीय समितिको उपस्थितिमा सालेप र मलेप नहुन्जेल सम्म र अन्य भौतिक प्रशासन विषयको पारदर्शी हिसाब नआउन्जेल सम्मका लागि प्रअको पदबाट गुप्तालाई निलम्बनको माग गरेको छ।

विद्यालयलाई निकास दिन सर्वदलीयरुपमा पहल गर्ने आवश्यक पर्दा दरबन्धी मिलानका लागि गाउँपालिकालाई माग समेत गरेको छ।त्यस्तै शिक्षक कर्मचारीसँग समन्वय नगरी एकलौटी ढंगबाट विद्यालयको कृयाकलाप सन्चालन गरेको तथा निजीगतरुपमा सरोकारवाला तथा समितिलाई प्रभावमा पारी पदिय दुरुपयोग भएको जानकारी आएको हुँदा निज प्रअ विरेन्द्रप्रसाद गुप्ता, उक्त विद्यालयमा प्रअ भइरहेमा विद्यालयका तमाम शिक्षक,कर्मचारी असन्तुष्ट रहेको तथा निज प्रअ को रोहवरमा अब उप्रान्त काम गर्न नसक्ने भनी विद्यालयका सिंगो परिवार असन्तुष्ट पाइएको हुँदा निज प्रअलाई कानुनी प्रक्रिया पुर्याई गाउँपालिका वा माताहतको निकायमा स्थान्तरण गर्ने जोडदार माग गरेको छ।

सर्वदलले पुनश्चमा प्रअ गुप्ता विगतमा पनि झापा स्थित अर्जुनधारा माविमा ठूलो मात्रामा भ्रस्टाचार गरेको विभिन्न सञ्चार माध्यममा आइरहेको हुँदा उक्त वेरुजु रकम हाल सम्म भुक्तानी भइनसकेको र मुद्दा रहिरहेको हुँदा यस विद्यालयमा पनि सोही समस्या आएको पाइएको हुँदा उक्त भ्रष्टाचार गर्न माइर र चतुर प्रअ भएको हुदाँ यस विद्यालयमा पनि वेरुजु रकम फर्चौट नगरी भाग्न सक्ने भएको हुँदा सालेप वाट देखिने वेरुजुको रकम बैंक दाखिला नगरेसम्म निलम्बनमानै राख्ने माग गर्दै सर्वसम्मत निर्णय गरेर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

प्रकाशित मिति: २०२४-०१-१४ , समय : १७:५५:०८ , १ वर्ष अगाडि

error: Content is protected !!