नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको इकाई समिति गठन

झापा एक्सप्रेस , ४३९६६  पटक हेरिएको

धुलाबारी, पुस २७ ।नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ ।

धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको अध्यक्षतामा सात सदस्य इकाई समिति गठन भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । नवगठित समिति आगामी दुई वर्ष कार्यकालको रहने विधान त व्यवस्था छ ।

व्यवसायीको क्षेत्रीय भेलाले समितिको उपाध्यक्षमा चारलीका गणेश काफ्ले, सचिवमा काकडभिट्टाका खिलबहादुर घिमिरेलाई चयन गरेको छ ।

यस्तै सदस्यमा पूजा सापकोटा धुलाबारी, निखिल खड्का नक्कलबन्दा, कृष्ण भण्डारी धुलाबारी र रुद्रबहादुर बिष्ट मेचीनगर सर्वसम्मत चयन भएका छन् ।

सो कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष जीवन नेपाल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणी घिमिरे (चन्द्र)लगायतको उपस्थिति थियो। ।
यस अघि क्षेत्र नम्बर ३,४ र ५ गठन भएको थियो । अव शनिवार क्षेत्र नम्बर २ को ईकाई भेलाले नयाँ समिति गठन हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : १८:३३:४६ , ५ महिना अगाडि