झापामा गोठमा आगलागी हुँदा खसी बाख्रा जले

केशब चापागाईं , २८८४८  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर ६ स्थित सकुन्तला खड्काको गोठमा आगलागी भएको छ।

सोमबार राती अन्दाजी १० बजे गोठमा आगलागी हुँदा २५ केजीको खसी र ब्याउने बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।टिनको छानो र टाटीले बारेको गोठमा आगलागी हुँदा अन्दाजी एकलाख मूल्य बराबरको क्षती भएको छ।

गोठमा रहेको खोले पकाउने चुलोबाट आगो सल्केको हुन सक्ने प्रहरीले जनाएको छ।यद्यपि थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २०२३-१२-२६ , समय : ०६:१३:२४ , ६ महिना अगाडि