उपचार सहयोगका लागि गरिएको सांगितिक कार्यक्रमबाट मञ्जिलालाई २ लाख ७० हजार

झापा एक्सप्रेस , ३२३१४  पटक हेरिएको

झापाको कनकाई नगरपालिका ३ स्थित ग्लोबल एडुकेयर एकाडेमीमा एलकेजीमा अध्ययनरत कनकाई २ की ५ बर्षिया ब्लड क्यान्सर रोगी बालिका मञ्जिला भुजेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले सुरुङ्गामा अायोजना गरिएको सांगितिक कार्यक्रमाबाट खर्च कटाएर २ लाख ७० हजार ८५० रुपया जुटेको अायोजकले जानकारी गराएको छ ।

रोगी भुजेलको सहयोगका लागि झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा मंसीर २३ गते अनुप्रस्था फाउण्डेशनको मुख्य अायोजना तथा कनकाई उद्योग बाणिज्य संघ, सुरुवाती कोठा नेपाल, कनकाई मावि र ग्लोबल एडुकेयर एकाडेमीको सह आयोजनामा सांगितिक कार्यक्रम अायोजना गरेको थियोे ।

सांगितिक कार्यक्रममा अनुप्रस्था ब्याण्डको प्रस्तुति साथै विश्वास ब्याण्ड , नामगेल तामाङको गायन र राजेश बस्नेतको नृत्य प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रमबाट टिकट मार्फत २ लाख ७६ हजार २०० रुपैयाँ , कार्यक्रम स्थलमा सहयोग रसिद मार्फत ९० हजार एकसय पन्चानब्बे रुपैयाँ र क्युअार मार्फत ५६ हजार पच्पन्न रुपैयाँ संकलन भएको थियोे । तेस्तै कार्यक्रमकै माध्यमबाट अायोजकको पहलमा करितास नेपाल बाट २५ हजार , कनकाई मावि २०६६ को एसएलसी समुहबाट १५ हजार, कनकाई नगर पालिका र वडा कार्यलय साथै अन्य सहयोगी बाट समेत गरी संकलन भएको रकममा कार्यक्रम सम्पन गर्न लागेको जम्मा खर्च २ लाख ४७ हजार दुईसय रुपैयाँ कटाएर २ लाख ७० हजार ८५० रुपया मञ्जिलालाई सहयोग जुटाउन सकिएको अाइतबार सुरुङ्गामा पत्रकार भेटघाट मार्फत अनुप्रस्थका प्रतिनिधि तथा सांगितिक कार्यक्रमका संयोजक निश्चल खतिवडाले जानकारी गराउनु भयो ।

आर्थिक अवस्था नाजुक रहेको भुजेल परिवारलाई बालिकाको उपचारमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोले कलकारले पारिश्रमीक समेत नलिएको र कार्यक्रमको अन्य ब्यवस्थापकिय पक्षमा मात्रै खर्च भएकोले पनि कार्यक्रमबाट मञ्जिलाको उपचारकालागी यतिको रकम बचत भएको कार्यक्रमको सह अायोजक संस्था कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले बताउनुभयो ।

बालिकाको अहिले कान्तिबाल अस्पताल काठमाडौंमा उपचार भइरहेको र उपचार सम्भव भएता पनि उपचारका लागि ३० लाख भन्दा माथि रकमको आवस्यकता पर्ने भएको तर बैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका महेन्द्र छोरी बिरामी भएपछि घर फर्किनु परेपछी झनै अर्थिक अवस्था दयनीय भएको भुजेल परिवारकि छ‍ोरीको उपचारकालागि गरिएको कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई मञ्जिला अध्ययनरत बिद्यालय तथा कार्यक्रम सहअायोजक ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल विमान लामाले धन्यवाद ज्ञापन गर्दै अझ पनि मञ्जीला उपचारकै क्रममा रहेको हुदा सहयोग गर्न ईच्छुकले सहयोग गर्न सकिने बताउनु भयो ।

प्रकाशित मिति: २०२३-१२-२४ , समय : १९:४८:३२ , ११ महिना अगाडि