एमालेले वडाध्यक्ष पदमा राजबंशीलाई तोक्यो उम्मेदवार

झापा एक्सप्रेस , १५६४८  पटक हेरिएको

शरणामती।आसन्न बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापा गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिन नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले उम्मेदवार छनौट गरेको छ।झापा गाउँपालिका कमिटिले चार जनाको दावी रहेको वडामा खड्ग राजबंशीलाई उम्मेदवारी सिफारिस गर्ने निर्णय गरेको हो।

रामप्रसाद उप्रेती,किरण रसायली,प्रदिपराज जोसी र खड्गप्रसाद राजबंशीले एकै वडाबाट वडाध्यक्ष पदमा दाबी गरिरहेका बेला आज शनीवार गाउँ कमिटि र वडा कमिटिको संयुक्त भेलाले राजबंशीलाई उम्मेदवारीका लागि जिल्लामा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

राजबंसी २०४६ साल देखी विद्यार्थी जीवनबाटै सक्रिय राजनितिमा लागेका हुन् ।उनको स्थायी बसोबास झापा-३ को सिमलबाढीमा रहेको छ।हाल उनी एमाले वडा नम्बर ३ को वडा कमिटिका अध्यक्ष समेत हुन् ।

त्यस्तै एमाले भेलाले दलित महिला वडा  सदस्य,जनजाती र मुस्लिम वडा सदस्यको समेत टुङ्गो लगाएको छ।भेलाले क्रमस दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा,जनजातीबाट कुमार राई र मुस्लिमबाट अब्दुल रसिदलाई उम्मेदवारी दिने निर्णय गरेको छ भने एक जना महिला सदस्यको भोलि आइतबार टुङ्गो लाग्ने बताइएको छ।

प्रकाशित मिति: २०२२-०४-०२ , समय : १८:००:३० , २ वर्ष अगाडि