झापा गाउँपालिकामा यौन तथा प्रजनन सम्वन्धी अभिमुखिकरण

झापा एक्सप्रेस , ३५४४०  पटक हेरिएको

झापा ।झापा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम मंगलबार देखी सुरु भएको छ । झापा गाउँपालिकाको आयोजना र कारितास नेपालको सहयोगमा कार्यक्रमको सुरुवात गरिएको हो ।

झापा गाउँपालिका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया को प्रमुख आथित्यता र वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेशको आतिथ्यमा कार्यक्रम सुरु गरिएको हो । लैङ्िगक हिसाँ बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित यौन तथा प्रजनन स्वास्थ्य अधिकार, वालविवाहको समसामयिक अवस्था, किशोरावस्थाको परिचय, देखापर्ने लक्षण, यस अवस्थामा आउने परिवर्तन, विवाहको परिचय, पुर्व यौन सम्बन्धबाट उत्पन्न हुने समस्याहरु लगाएतका विषयमा छलफल हुनेछ ।

कार्यालयको सभाहलमा प्रशिक्षक सुजन काफ्लेले प्रशिक्षण दिएको कार्यक्रममा आज मंगलबार झापा गाउँपालिकाका प्रतिनिधी महिलाहरुको सहभागिता रहेको थियो ।भोली बुधबार किशोरीहरुका लागी झापा-४ मा रहेको डिल्लीराज माविको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख सन्जु फागोले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-१२-०५ , समय : १८:५३:२८ , १ वर्ष अगाडि