झापा एक्सप्रेस , ४१८८४ पटक हेरिएको
झापाको बाह्रदशी गाउँपालिका स्थित एक काठ मिलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट अन्दाजी सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बाह्रदर्शी–३ राजगढ बजारमा रहेको गोपाल राजवंशीको काठको मिलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा काठ चिर्ने मेसिन, काठ र मोटर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको हो ।
आगलागी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित मिति: २०२३-११-२७ , समय : १७:२४:०४ , १ वर्ष अगाडि