माओवादी केन्द्र कनकाईले बनायो निर्वाचन घोषणापत्रको समिति

लिलाराज झापाली , ७७२७  पटक हेरिएको

सुरुङ्गा-आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा माओवादी केन्द्र कनकाईले घोेषणापत्र निर्माण समिति गठन गरेको छ ।

आज भएको पार्टीको भेलाबाट पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईको संयोजकत्वमा ५ सदस्यीय स्थानीय निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको हो । समितिको सदस्यहरुमा कृष्ण घिमिरे, वेदप्रसाद खतिवडा, शान्ता अधिकारी र जनार्दन उप्रेती रहनुभएको छ । यसैगरि लीलाराज झापालीको संयोजकत्वमा आइटी टीमको समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा आइपी भट्टराई, सिएम शर्मा, सुष्मा कुमाल र अमृत योङहाङ रहनुभएको छ । नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन कमिटीकी केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य शुशिला साम्पाङ बर्षाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा कनकाई नगर इन्चार्ज गोपाल प्रसाई, पार्टीकी जिल्ला सदस्य नम्रता चौहान,पार्टीका नगर अध्यक्ष यामनाथ सेडाई, वाइसिएल कनकाई नगर अध्यक्ष हिमाल विष्ट, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौला लगायातको आथित्यता रहको थियो ।

यसैविच माओवादी केन्द्र कनकाईले एमाले वाहेकका सबै दलसग चुनावी एकता गरेर जाने समेत निर्णय गरेको छ । एमालेले दुई दुई पटक सांसद भंग गरेर प्रतिगमनकारी भुमिका खेलेको भन्दै तिनै तहको निर्वाचनमा एमाले वाहेक सबै दलसग सहकार्य गरि गणतन्त्र, संघियताको रक्षा गर्ने समेत निर्णय गरेको छ । स्थानीय चुनावको तालमेलका लागि नगर इन्चार्ज गोपाल प्रसाईको नेतृत्वमा चुनावी तालमेल गर्नका लागि समिति निर्माण गरेको छ ।

प्रकाशित मिति: २०२२-०३-३१ , समय : २१:२४:१० , २ वर्ष अगाडि