झापा एक्सप्रेस , ३४५८४ पटक हेरिएको
शरणामती ।झापाको झापा गाउँपालिका-३ मा रहेको मुस्लिम गर्ल्स मदरसा कत्लामारीमा तीन दिने शैक्षिक प्रशिक्षण तालिम सुरु भएको छ।
मदरसाका प्रधानाध्यापक मौलाना अफाक आलमको अध्यक्षता र झापा गाउँपालिकाका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा तालिमको उद्धाटन गरिएको हो।शनिवार सुरु भएको तालिमको सोमबार समापन हुनेछ।तालिममा झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले माइन्युट लेखन/निवेदन र उत्प्रेरण सम्बन्धी प्रशिक्षण दिनु हुने मदरसाका व्यवस्थापन समिती अध्यक्ष कमल खानले बताए।
त्यस्तै तालिममा मास्टर नजामुदिन अन्सारी साहेबले शिक्षकको गुण तथा कर्तव्य/शैक्षिक सामग्री तथा विधीहरुको बारे प्रशिक्षण दिनेछन।प्रशिक्षक डा.खुर्सिद आलमले कक्षा व्यवस्थापन र पाठ्य योजनाको बारेमा प्रशिक्षण दिनेछन् ।त्यस्तै प्रशिक्षक मौलाना मुबशशीर नदवो उमरीले कुरानको अभ्यास ,पढने पढाउने विधीको बारे प्रशिक्षण दिनेछन् ।त्यस्तै मौलाना खालिद सैफुल्लाह इस्लारीले शिक्षामा विद्यार्थी तथा शिक्षकको समस्या बारे प्रशिक्षण दिनेछन् ।यस तीन दिने तालिममा झापा गाउँपालिकाका १८ वटै मदरसाका कुल ४० शिक्षको सहभागीता रहने बताइएको छ।
तालिमको उद्घाटन सत्रमा वडाध्यक्षहरु मोहमद तहिर,सुबासलाल गणेश ,जालिम मियाँ,मास्टर नजामुदिन अन्सारी लगायतले आफ्ना भनाइ राखेका थिए।
प्रकाशित मिति: २०२३-१०-०७ , समय : १६:३१:४७ , १ वर्ष अगाडि