झापा एक्सप्रेस , ३०४६२ पटक हेरिएको
आज असोज १ गते भगवान विश्वकर्माको जन्म दिन । हिन्दु धर्मका ग्रन्थहरुमा उल्लेख भए अनुसार संसारको रचनामा मुख्य भूमिकामा रहेका चार हातमा विभिन्न औजारहरुको धारण गरेका मानव रुपी देवताका पनि देवता हुन् विश्वकर्मा lविश्वकर्मालाई ब्रह्माले सृजना गरेका हुन् भनि डा.स्वामी प्रपन्नाचार्यले पनि उल्लेख गर्नुभएकोछ l
महर्षि विश्वकर्माका ५ पुत्रहरू र २ छोरीहरु थिए भन्ने उल्लेख छ l जेष्ठ पुत्र मनु जो सानग गोत्र मानिन्छ l दोश्रो मय उनी सनातन गोत्र मानिन्छ l तेश्रो त्वष्ठा हुन् जो अहंमन गोत्र मानिन्छ l चौथा पुत्र शिल्पी हुन् जो प्रयत्न गोत्र मानिन्छ l पाचौ पुत्र हुन् दैवज्ञ जो सुवर्ण गोत्र हुन् l मनुको जिम्मेबारी फलामको काम धातुकार l मयको काष्ठकार l त्वष्ठाको ताम्रकार र दैवज्ञको स्वर्णकारको भूमिका रहेको उल्लेख छ lसानै देखि मैले सुन्ने गरेको मन्त्र “विश्वकर्मा नमो नाम: शिल्पकारी नमो नम: मंगलकारी नमो नाम: चक्रधारी नमो नम:” आजको दिन जप्दै गर्दा मलाई त्यो
वेलाको विश्वकर्मा पूजाको झलक आइरको छ l आजको दिन अलिक बढी चासो राख्नेहरुले “विश्वकर्मा गायत्री मन्त्र” पनि जप्न सकिन्छ भन्ने मलाइ लाग्छ l
भगवान विश्वकर्माका मन्त्रहरु धेरै छन् ;
ऊं चतुर्भुजय विदमहे,हँसवाहनाय धीमहि l
तन्नो विश्वकर्मा प्रचोदयात् l l
ऊं प्रजायतये विदमहे,पूरुषाय धीमहि l
तन्नो विश्वकर्मा प्रचोदयात् l l
ऊं अनन्ताम विदमहे,विश्वरुपाय धीमहि l
तन्नो विश्वकर्मा प्रचोदयात् l l
ऊं सर्वेस्वरायं विदमहे,विश्वरक्षकाय धीमहि l
तन्नो विश्वकर्मा प्रचोदयात् l l
विश्वकर्मा भगवान् लाई असोज १ गते मात्र होइन,शुभ कार्य( शुभ विवाह,गृहप्रवेश,सवारी प्रयोग,उद्योग संचालन) गर्दा समेत पुजा भक्ति आराधना गर्ने चलन तराइ क्षेत्र खासगरी मधेश प्रदेशतिर छ l Archaeological कुरा गर्ने हो भने दुनियामा धातुलाई बंग्याउने विभिन्न आकार प्रकार बनाउने पहिलो व्यक्ति भगवान् विश्वकर्मा हुन् भन्ने संस्कृत परम्परामा उल्लेख त छ नै l तर पुरातात्वविक प्रमाणलाई अधार मान्दा Indo European का Anatolian मानिसहरु हुन् जसलाई Hittites भनिन्छ उनीहरु दुनियाको पहिलो धातुकार मानिएकोछ l Anatolian Hittites लाई ग्रीक,ल्याटिन र संस्कृत भन्दा पनि अगाडिको भनिएको छ l
धातुका काम गर्नेहरुलाई अँग्रेजी देशहरुमा Smyth or Smith भनिन थालियो l पेसालाई Smith भन्ने शब्दलाई Family Sure name लेख्ने चलन बसेको छ,अंग्रेजी देशहरुमा l धातुको प्रकृति अनुसार फलामको काम गर्ने Black smith,सुनको काम गर्ने gold smith इत्यादि l इ.पू.२८०० देखि इ.पू.२०० सम्ममा सिन्धुघांटी सभ्यतासम्म आइ पुग्दा पटक पटक संसोधन भएको हिन्दु दर्शनमा Blacksmith,Goldsmith तथा Artists को स्थान उच्च रहेको देखिन्छ l धातुका काम गर्ने,काठको काम गर्ने,वास्तुकलाको काम गर्ने,तामाको काम गर्ने र सुनको काम गर्ने मानिसहरु विश्वकर्मा वंशका पंचाल ब्राह्मण अन्तर्गतका हुन् जो अहिले पनि दक्षिण भारतमा विश्वकर्मा वंश हुनुमा गर्व
गर्दछन् l उनीहरु ५ डोराको जनै लगाउछन् l
सन् ११९० तिर अर्थात् १२ औं शताब्दीमा बिन बख्तियारी खिल्जीको मुसलमानी आक्रमणमा संकटमा परेका आर्यहरु दक्षिण तिरबाट नेपाल छिरेका थिए l उनीहरु पहाडी भूभागमा बस्दै आएका हुन् l बंश कुलमा कमजोरीका कारण वा अन्य कारणहरुले गर्दा ति आर्य ब्राह्मणहरुबाट अलग हुने अबस्था भयो l त्यति मात्र होइन,अछुतको रुपमा धातुकार,ताम्रकार ,स्वर्णकार पेसाका मानिसहरु भए l जस्तै: घमिराउ पहाडबाट अलगिएका घिमिरेहरु, रिमा पहाडबाट अलगिएका रिमाल र रिसालहरु l हाल दुनियामा रहेका सम्पूर्ण विश्वकर्माहरु जो ५ समुहमा छन् उनीहरु कोहि क्रिश्चियनको बाइबल पढ्दैछन् त कोहि इस्लामको कुरान l त्यस्तै कोहि बौद्धको त्रिपिटक पढ्दैछन् भने कोहि हिन्दुको वेद पुराण l जो जो समुहमा जे जे पढे पनि “विश्वकर्मा” शब्द Family sure name ( थर ) मात्र नभई Vishwakarma (विश्वकर्मा ) एउटा उपाधि पनि हो l यो उपाधिलाई सम्मान गर्दै भारत सरकारले विश्वकर्माहरुको लागि आजकै दिन देखि “विश्वकर्मा योजना” ५% ब्याजमा सम्पूर्ण विश्वकर्माहरुलाई सुलभ ऋणको लागि त्यहाको ६० देखि ६६ लाख विश्वकर्माहरुलाई १५ हजार करोड बजेट उपलब्ध हुदैछ l त्यहाका विश्वकर्मा
जीहरुलाई बधाई पनि छ l
अन्तमा आजको दिन शुभ दिन l विश्वकर्माको जन्म दिन सबै नेपालीको लागि महत्वको दिन l आजको भक्ति आराधनाले वर्ष भरि नै हामी सबैको सुरक्षा होस् l सम्पूर्ण महानुभाव ज्यूहरुमा हार्दिक मंगलमाय शुभकामना छ l
लेखक : लक्ष्मण विश्वकर्मा
सप्तरी
प्रकाशित मिति: २०२३-०९-१८ , समय : १३:०७:५५ , १ वर्ष अगाडि