मेचीनगरमा बिल बिनाको मरेको माछा नियन्त्रणपछि नष्ट

झापा एक्सप्रेस , २५२८७  पटक हेरिएको

झापाको मेचीनगरबाट बिना बिलको मरेको माछा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चारआली, कोशी प्रदेश मत्छे किसान समूहका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको संयुक्त टोलीले मेचीनगर १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा लैजाँदै गरेको २४० केजी माछा नियन्त्रणमा लिएको हो ।

बिना बिलको मरेको माछा मुल्य ७५ हजार मुल्य बराबरको रहेको छ । नियन्त्रणमा लिएको माछालाई पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो । चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकोले प्रहरी चौकी चारआलीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १८:४८:२९ , ९ महिना अगाडि