शिवसताक्षीमा बाख्रालाई घाँस काट्ने क्रममा रुख माथि नै एक बृद्धको मृत्यु

झापा एक्सप्रेस , ३७३०७  पटक हेरिएको

शिवसताक्षी । शिवसताक्षी नगरपालिमा एक बृद्धको रुख चढेर घाँस काट्ने क्रममा मृत्यु भएको छ ।

झापा शिवसताक्षी ८, रत्न चौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ्गको रुखमा चढेर घाँस काट्दै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सन्तबहादुर आज विहान करिब ७ः३० बजे घर छेउको खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए । करिब १७ फुट माथि घाँस काट्दै गर्दा एकासी बेहोस भई रुखमै अड्किएरको स्थानीयले बताए ।

उनी रुखमा घाँस काट्दै गर्दा रुख मुनी श्रीमती फुलमाया तामाङ्ग र छोरा कुमार दोर्जे तामाङ्ग घाँस बटुल्दै थिए । तामाङ्ग रुखमा अड्किएपछि प्रहरीलाई खबर गरिएको स्थानीय झुमा चापागाईले जानकारी दिए ।

जेसिबीको सहयाताले रुखमा चढेर तामाङ्गलाई निकाल्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार तामाङ्गमा उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोष्टमाटमका लागि आत्दा अस्पतालको लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १३:१५:४६ , १० महिना अगाडि