प्यारागन एकाडेमीका प्रीन्सिपल सुवेदीको दुर्घटनामा परी मृत्यु

झापा एक्सप्रेस , ७७६२२  पटक हेरिएको

झापा-झापाको सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रीन्सिपल डी आर सुवेदीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । अहिले सांझ ७ः ३० बजे कन्काई नगरपालिका ८ स्थित शितल चोकमा दुर्घटनामा परी कन्काई निवासी ५४ बर्षिय सुवेदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १ च ३२४८ नम्बरको बोलेरो गाडिले विपरीत दिशाबाट गइरहेको सुवेदी सवार प्रदेश १–०१–०१३ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : २०:४२:०७ , ८ महिना अगाडि