झापा एक्सप्रेस , ४९५४३ पटक हेरिएको

शरणामती-झापा गाउँपालिकाकी कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले झापा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको १० शैयाको अस्पताल सुचारु भएपछी वर्थिङ्ग सेन्टरमानै क्वाटर बनाएर बस्ने बताउनु भएको छ ।
आज गाउँपालिकाको सभाहलमा भएको स्वास्थ्य शाखाको वार्षिक समीक्षालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । “झापा गाउँपालिकाका कोही पनि गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु नपरोस ,म पहिले स्वास्थ्यकर्मी पनी हो,नयाँ अस्पताल सुचारु भएपछी वर्थिङ्ग सेन्टरमा नै आफ्नो सानो क्वाटर बनाएर बस्छु र जनतालाई सेवा २४ सै घण्टा दिन्छु “ थपलियाले भन्नुभयो।
स्वास्थ्यमा हेलचेक्राई नगर्नुहोस केही सामग्री अभाव भए भन्नुहोस हामी ल्याउन पहल गरिरहेका छौ भन्दै स्वास्थ्य कर्मचारीलाई मुस्कान सहितको सेवा पर्वाह गर्न थपलियाले आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले स्वास्थ्यकर्मीहरुलाई सेवा लिन आउने बिरामी प्रति आकर्षण पैदा गर्दै बोलीबचन शिष्टतामा सुमुधुरपन ल्याउन आग्रह गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले संचालन गरेको वार्षिक समिक्षा कार्यक्रममा २०७९/०८० सालमा उत्कृष्ट हुने कुमरखोद स्वास्थ्य चौकीलाई सम्मान समेत गरिएको छ ।
प्रकाशित मिति: २०२३-०९-१० , समय : १६:०९:२५ , १ वर्ष अगाडि