मोटरसाइकल दुर्घटनामा निधनहुने हेमरमको, पर्सि क्यानाडाको उडान थियो

झापा एक्सप्रेस , ८७१६३  पटक हेरिएको

१४ भाद्र बिहिवार-मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने बाह्रदशी-३ का २२ बर्षीय सनम हेमरमको पर्सि क्यानाडाको उडान भएकाे खुलेको छ । बिहीबार बिहान करिब ११ बजे बाह्रदशी-५ घोडामारा चोक नजिकै उनि सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे८प ३५६९ को मोटरसाइकलले पैदलयात्री स्थानीय ४५ बर्षीय मनि मणीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट मोटरसाइकल चालक सनम हेमरम र पछाडी सवार बिर्तामोड-३ निवासी २३ बर्षीय समीर महमद घाइते भएका थिए । उपचारका लागि उनीहरुलाई बिर्तासिटी अस्पताल लगिएकोमा हेमरमलाई डाक्टरले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति: २०२३-०८-३१ , समय : १८:०३:५९ , १० महिना अगाडि