इसाई समाजले गर्यो मुस्लिम गर्ल्स मदरसालाई सहयोग

झापा एक्सप्रेस , २४२९०  पटक हेरिएको

शरणामती-जीवीत वचन मण्डली बिर्तामोडले झापाको झापा गाउँपालिका-३ मा रहेको मुस्लिम गर्ल्स मदरसालाई खानेपानीको फिल्टर ट्यांकी प्रदान गरेको छ ।

वडाध्यक्ष सुवासलाल गणेश,त्रिएक प्रशंसा इसाई समाज झापा-३ का पास्टर जगन्नाथ पौडेल,मदरसाका अध्यक्ष लगायतलाई साक्षी राखेर मण्डलीका पास्टर नामुएल राईले उक्त खानेपानी फिल्टर ट्यांकी मदरसालाई हस्तान्तण गरेका हुन् ।उक्त फिल्टर ट्याङ्कीलाई करिब २ लाख ५० हजार पर्ने वताइएको छ ।

विगत लामो समय देखि उक्त मदरसामा खाने पानी को समस्या रहँदै आएको र अहिले आएर खानेपानीको समस्या समाधान हुने मदरसाका अध्यक्ष कमल मियाँले बताए ।खाने पानी फिल्टर ट्याङ्की सहयोग गर्ने जीवित वचन मण्डली र सहजीकरण गरिदिने पास्टर जगन्नाथ पौडेल लाई पनि उनले धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : १९:५९:५६ , २ वर्ष अगाडि

error: Content is protected !!