कर बढाएको भन्दै कांग्रेस द्वारा गौरादहमा खबरदारी सभा

युवराज रेग्मी , २५१४६  पटक हेरिएको

भाद्र ५, झापा / झापाको गौरादह नगरपालिकाले घरजग्गा तथा अन्य कर वृद्धि गरेपछि त्यसको विरोध भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ देखि लागू हुनेगरि आर्थिक ऐन २०८० नै जारी गरि घरजग्गा तथा अन्य कर वृद्धि गरिएको विषय लाई लिएर सोमबार नेपाली कांग्रेसको स्थानीय समन्वय तथा खबरदारी समितिले विरोध कार्यक्रमको आयोजना गरेको हो।

गौरादह नगरपालिका वडा न. ६ दामुना बजारमा गरिएको बिरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहले अस्वभाविक करको दर वृद्धिगरी आम नागरिकको ढाड सेक्ने काम गरेको भन्दै त्यसलाई संसोधन गर्न नगरपालिका लाई आग्रह गरेका थिए ।

साथै अघिल्लो आर्थिक वर्ष ८९/८० कै कर यथावत कायम गर्न जोडदार माग समेत गरेकाथिए ।

बिरोध तथा खबरदारी सभामा कांग्रेस नेताहरु विरवहादुर प्रसाई , सिताराम भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

कर वृद्धिकै बिषयमा नेपाली कांग्रेस गौरादह, रास्वपा, राप्रपा लगायतका दलहरुले नगरप्रमुख छत्रपति सुवेदीलाई केही दिन अघिनै ध्यानाकर्षण पत्र समेत बुझाइसकेका छ्न ।

साथै नगरका ९ वटै वडामा वडा समिति मार्फत ध्यानाकर्षण पत्र बुझाइसकिएको नेपाली कांग्रेसको खबरदारी समितिका सचीव ई. भानु आचार्यले जानकारी दिए ।

स्थानिय तहले कर वृद्धि गरेकै विषयमा झापामा कन्काइ , बिर्तामोड लगायतका पालिकाहरुमा पनि बिरोध हुँदै आएको छ ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : ०७:५३:३५ , १० महिना अगाडि