झापा एक्सप्रेस , ३४७०१ पटक हेरिएको
जोशीला कार्की
इलाम-पछिल्लो समय भाइरल इन्फेक्सनको रुपमा देशब्यापी फैलिएको आँखा पाक्ने रोग र डेङ्गि सङ्क्रमण बढ्दै गएपश्चात नेपालको पुर्बी जिल्ला ईलामको रोङ गाउँपालिका पनि अछुतो रहेन ।
विशेष गरि यहाँका अधिकांश बालबालिका हरुमा आँखापाक्ने रोगको संक्रमण देखिएपश्चात् रोङ गाउँपालिका वडा न २ धन्सार स्थित स्वास्थ चौकीको सहकार्यमा सोही वडा स्थित श्री शशी माध्यमिक विद्यालयमा आँखापाक्ने रोग र डेङ्गिसम्बन्धि सचेतना कार्यक्रम आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
आँखापाक्ने रोग (Eye flu) अर्थात् conjunctivitis ले विशेषगरि कम उमेर समुहका बालबालिकाहरुमा सङ्क्रमण अत्याधिक रुपमा फैलिएको पाइएपश्चात् विद्यार्थी भाइबहिनीहरुको स्वास्थलाई ध्यानदिदै विद्यालयले स्वास्थ चौकीको सहकार्यमा आयोजना गरेको सचेतना कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागि भएका थिए ।
कार्यक्रममा भाइरल इन्फेक्सनका रुपमा फैलिएको आँखापाक्ने रोग र डेङ्गु लाग्नुको कारण, लक्षण र यसबाट बच्ने उपायहरुको बारेमा विद्यार्थीहरुबिच अन्तरक्रिया गर्दै स्वास्थ्यकर्मी सुजता राईले रोगबारे प्रष्टपार्दै रोगबाट बच्नेउपाय र रोग लागि सकेपश्चात् अपनाउनुपर्ने साबधानिको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरि स्वास्थ्यकर्मी अमृता दाहालले उक्त रोगसम्बन्धि तयार पारिएको सामाग्रीहरु प्रयोगगरि रोगबारे थप जानकारी उपलब्ध गराउनु भयो ।
आँखापाक्ने रोग र डेङ्गु सम्बन्धि सचेतना कार्यक्रमको समापन पश्चात् विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारी स्वास्थकर्मी र विद्यार्थीहरुको सहभागितामा विद्यालय हाताको सरसफाइ समेत गरिएको थियो ।
प्रकाशित मिति: २०२३-०८-१८ , समय : ०७:५३:२३ , १ वर्ष अगाडि