पाँचथरको मिक्लाजुङमा जलेर एक महिलाको मृत्यु

झापा एक्सप्रेस , १८७०५  पटक हेरिएको

पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीका–७ लेखगाँउ भन्ने ठाँउमा घर जल्दा एकमहिलाको मृत्यु भएको छ । बुधवार विहान खरको छानो भएको भान्सा घर आगालागी हुँदा ५५ बर्षिय सरीता राईको जलेर मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । भान्सा घरमा रहेकी राईको जलेर मृत्यु भएको हो ।

आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन् । बर्षा चलिरहेका बेला घर निक्कै जलेपछिमात्र थाहा भएको स्थानियले बताएका छन् ।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : १२:३४:०१ , २ वर्ष अगाडि

error: Content is protected !!