संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

झापा एक्सप्रेस , १६३४७  पटक हेरिएको

काठमाडौं,२४ साउन । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।

मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।

त्यसपछि कारागारभित्रै रहेका कैदीहरुले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : ११:५८:३८ , १० महिना अगाडि