माओवादी फस्ट भन्ने सपना देख्नुहोस

झापा एक्सप्रेस , ८६०६  पटक हेरिएको

शरणामती।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय कमिटि सदस्य सावित्री कुमार काफ्ले(समर)ले माओवादी फस्ट भन्ने सपना देख्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

समरले झापा गाउँपालिका माओवादी केन्द्रले आयोजना गरेको विस्तारित बैठक तथा चुनावी तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका समरले माओवादी केन्द्रले जनयुद्वको सपना पूरा गरेको जिकिर गरे।”जनयुद्वको सपना पूरा भएको छ,माओवादी फस्ट भन्ने सपना देख्नुहोस,गाउँ-गाउँ जानुहोस यो झापा गाउँपालिकामा ३६ जना जनप्रतिनिधि जिताउने संकल्प लिनुहोस ” उनले भने।

झापा गाउँपालिका कमिटि रुद्र बजागाईंको अध्यक्षता तथा संविधान सभा सदस्य शुसीला कन्दङ्वा,प्रदेश कमिटि उपाध्यक्ष मणीकुमार साम्पाङ,प्रदेश कमिटि कोषाध्यक्ष गगन पुरी,जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य,प्रदेस कमिटि सदस्य भुपाल सापकोटा लगायतको आथित्यतामा सम्पन्न भेलामा अधिकांस वक्ताहरुले माओवादीले जनयुद्व काल देखि देशलाई यो अवस्थामा ल्याउन परिवर्तनकारी भुमिका निभाएको बताए।

कार्यक्रममा अध्यक्ष रुद्र बजगाईंले पार्टीको केन्द्र देखि आएको सर्कुलर नेता तथा कार्यकर्तालाई वाचन गरेर सुनाएका थिए।माओवादी भेलाले जेवुल हकको संयोजकत्वमा १०१ जनाको चुनाव परिचालन समिति समेत गठन गरेको छ।त्यस्तै भेलाले सुन्दरलाल गणेशको संयोजकत्वमा ७ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गरेको छ।विनोद बस्नेतको संयोजकत्वमा युवा परिचालन समिति समेत गठन गरिएको छ।

झापा गाउँपालिका कमिटिका सचिव खड्ग बस्नेतले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष जगरनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२२-०३-२८ , समय : १८:३२:५९ , २ वर्ष अगाडि