अवैध लागूऔषधसहित बाह्रदशीबाट एक पक्राउ

झापा एक्सप्रेस , २६२४२  पटक हेरिएको

झापा- बाह्दशी गाउँपालिका-६ मोतिगडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४२ वर्षीय राम बहादुर तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा.२६ प ३६३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल ताराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : १८:०६:४७ , २ वर्ष अगाडि

error: Content is protected !!