कनकाई माईमा युवतीको शव फेला

झापा एक्सप्रेस , २५८२९  पटक हेरिएको

कनकाई-माई नगरपालिका ८ इलाम घर भएकी १६ बर्षिया युवती रमिला सेर्पाको कनकाई माई नदिले बगाएर मृत्यु भएको छ ।

इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट हराएकी युवतीको शवलाई झापा शिवसताक्षी नगरपालिका १० टेक्रामा आज बुधवार विहान स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न जाने स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएपछि प्रहरीलाई खबर गरेका थिए ।

खेलाडीकै जर्सीमा रहेकी युवतीको हराएको स्थानबाट झण्डै १५ किलोमिटर तल नदिमा शव फेला परेको हो । मृतकको शवलाई पोस्ट म्याटमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । खेलाडीको जर्सीमै युवतीको शव फेला परेसगै थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : १६:४१:५१ , १ वर्ष अगाडि