झापा एक्सप्रेस , १४०४४ पटक हेरिएको

शरणामती।झापा गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न चौथो झापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालय शरणामतीले हात पारेको छ।विजेता बनेको जनताले विभिन्न विधामा १० स्वर्ण,४ रजत र ६ वटा कास्य तथा उपविजेता डिल्लीराज माविले ७ वटा स्वर्ण, ७ वटा रजत र ३ वटा कास्य पदक जितेको छ।
तेस्रो स्थानमा रहेको जनकल्याण माविले ५ वटा स्वर्ण, ३ वटा रजत र १ वटा कास्य पदक हात पारेको छ।
बुधबार देखि स्थानीय झापा-६ स्थित जनता माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका थिए।प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका उप समिती संयोजक सुर्यकान्त राउतले जानकारी दिए।
झापा गाउँपालिका प्रमुख जयनारायण साह,शिक्षा साखा प्रमुख जीवन प्रसाद ढकाल,नेपाल शिक्षक महासंघका झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजबंशी,अग्रज शिक्षक टीका प्रसाद कट्टेल लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित मिति: २०२२-०३-२६ , समय : १९:३३:५३ , ३ वर्ष अगाडि