कनकाई नगर विकास पत्रकारिता पुरस्कार शर्मालाई

झापा एक्सप्रेस , २१७९३  पटक हेरिएको

कनकाई-कनकाई नगरपालिकाले पत्रकार सिएम शर्मालाई यस वर्षको कनकाई नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरेका छन् । कनकाई नगरपालिकामा आयोजित नगरको तेह्रौँ नगर सभा तथा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिकरणमा कार्यक्रममा नगरपालिकाले ठोस खबर अनलाइनका सम्पादक शर्मालाई नगद १० हजारसहित पुरस्कृत गरेका हुन् ।

उनलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशा शर्मा सिवाकोटीले पुरस्कार तथा सम्मान पत्र हस्तान्तर गरेका थिए । विगत २ दशकदेखि पत्रकारितामा आबद्ध शर्मा पत्रकार महासंघ झापाका सदस्य तथा प्रेस सेन्टर नेपालमा आबद्ध छन् ।

यसैबीच सोही कार्यक्रममा उत्कृष्ट कृषकका रुपमा कनकाईका अगुवा कृषक झम्पाकलाल आचार्य र रविलाल भट्टराईलाई समेत नगद १० हजारसहित पुरस्कृत गरिएको छ । त्यस्तै नगरपालिकाले उत्कृष्ट कर्मचारीतर्फ आइटी अफिसर खगेन्द्र मिश्र, इन्जिनियर विशाल थेबे, लेखापाल प्रकाश अधिकारी, कर्मचारीहरू समीक्षा खतिवडा, पवित्रा याक्सो, शोभित राई, मजेबुल मिया, तारादेवी पोखरेल र कविता बराइलीलाई समेत नगद १० हजारसहित पुरस्कृत गरेको छ ।

सेवा निवृत्त भएकी महिला स्वास्थ्य स्वयम सेविकाहरू सुमित्रा नेपाल, देवीकुमारी पौडेल र राधादेवी कोइराला लगायतलाई नगद १ लाखसहित सम्मान गरिएको थियो । उत्कृष्ट करदाताहरू प्रफुल्ल पोखरेल, कुमारमणि पोखरेल, राजकुमार राजवंशी, छत्रबहादुर कार्की, बुद्धिमान बोहोरा र शम्भु शाहलाई समेत सम्मान गरिएको थियो । सेवा निवृत्त भएकी सरस्वती मास्केलाई समेत सम्मानसहित बिदाइ गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका ४ नम्बर वडाध्यक्ष रोशन सुवेदी, ६ नम्बरका वडाअध्यक्ष दिर्घबहादुर थापा र ७ नम्बरका वडाध्यक्ष भूषण सिटौलाले आर्थिक वर्ष २०८० ८१ को बजेट पेस गरेका थिए । कार्यक्रममा उपप्रमुख आशा शर्मा सिवाकोटीले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : ०९:०४:४७ , २ वर्ष अगाडि

error: Content is protected !!