झापा गाउँपालिका-लक्ष्मीमार्गमा भ्रष्टाचार भएको अख्तियारको ठहर,बिशेष अदालतमा आरोपपत्र दायर

झापा एक्सप्रेस , १४२१२२  पटक हेरिएको

फाइल तस्बिर

झापा-झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग काठमान्डौले बिशेस अदालतमा आरोप-पत्र दायर गरेको छ।

अख्तियारले आरोपपत्रमा यस्तो लेखेको छ ।

जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्म ७. कि.मि. बाटो बनाउनको लागि गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको तर उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव-इन्जिनियर विज्ञान चम्लागाईले झापा गाउँपालिकाबाट आ.व. २०७४/०७५ मा विनियोजित रकमबाट झापा गाउँपालिका वडा नं. ३.६ र ७ स्थित “लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल योजना कार्यमा फिल्डमा अनुगमन / निरीक्षण गरी सोको वास्तविक परिमाण प्रमाणित गरी नापी किताब तयार गरी भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा सो नगरी साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी रु.२२.०९,८२३ । ४० बढी भुक्तानी दिएको देखिन आएकोले निजहरु चोलाराज दंगाल, अभिषेक दास र विज्ञान ‘चम्लागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा रु.२२,०९,८२३.४० (बाइस लाख नौ हजार आठ सय तेइस रुपैया र पैसा चालीस) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी विगो रकम असुल उपर हुन साथै निजहरु चोलाराज दंगाल, अभिषेक दास र विज्ञान चम्लागाईले उक्त योजनाको गलत नापी किताब, उपभोक्तासम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन. २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर समेत गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुब्बा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरु नगरी कार्य सम्पन्न भएको भनी झुट्टा बिल भरपाई पेश गरी नेपाल सरकारलाई गैरकानूनी हानि र आफूहरुलाई लाभ पुयाउने बदनियतले रु.२२०९८२३ । ४० को पढ़ी-बिल गाउँपालिकाको कार्यालयमा पेश गरी बढी भुक्तानी समेत लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिन आएकोले निजहरु धनपति पपलिया, फणिन्द्र प्रसाद खरेल र शान्ता देवी सुब्बा (राई) भन्ने शन्तमाया सुब्बा लिम्बूलाई रु.२२.०९,८२३ । ४० (बाइस लाख नौ हजार आठ सय तेइस रुपैया र पैसा चालीस बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत हुन मागदाबी लिइएको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साहले उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ ।

झापा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ ।

साथै, झापा गाउँपालिकाका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष हरि बहादुर बानिया, वडा नं. ७ का तत्कालीन वडाध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं. ३ का तत्कालीन वडाध्यक्ष मोति लाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको देखिदा निजहरु हरि बहादुर बानिया नेव प्रसाद उप्रेती र मोति लाल गणेशले मिलेमतो गरी उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस तथा निर्णय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : १४:२९:२८ , २ वर्ष अगाडि

error: Content is protected !!