जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा एक्सप्रेस , ६४३९५  पटक हेरिएको

झापा-९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-११ , समय : २०:४१:०४ , २ वर्ष अगाडि

error: Content is protected !!