झापा एक्सप्रेस , ४३५१३ पटक हेरिएको
युवराज रेग्मी
२५ असार,गौरादह-झापाको गौरादहमा सवारी टिप्पर दुर्घटना भएको छ ।
पाडाजुङी – गौरिगन्ज सडक खण्ड अन्तरगत पर्ने धोबिनिया चोक नजिक गुडिरहेको टिप्पर आज सोमबार दिउँसो दुर्घटना भएको हो ।
निर्माण सामग्री लिएर उत्तरबाट दक्षिणतर्फ जाँदैगरेको प्रदेश १-०१-००१ख नम्बरको गुडिरहेको टिप्पर एक्कासि अनियन्त्रित भै दुर्घटना भएको चालकले बताए ।
उर्लाबारी नगरपालिका वडा न १ निवासी सन्तोष माझीले चलाएको टिप्पर सडक किनारामा दुर्घटनाग्रस्त हुदा पछाडिको दुइवटै पाङ्राको भाग पुर्ण रुपमा गाडी बाट छुट्टीएको छ ।
“गुडिरहेको टिप्पर पछाडितर्फ बाट एक्कासी ठूलोठूलो आवाज आयो , स्टेयरिङ पनि कन्ट्रोल भएन र एक्कासि सडक किनारमा रहेको कल्भर्टमा गाडी ठोक्किन पुग्यो , त्यसपश्चात् खेततर्फ गाडी खस्यो ” दुर्घटना स्थलमा भेटिएका चालक सन्तोष माझिले बताए ।
टिप्परमा सवारी चालक सन्तोष र उनका भाइ अमन माझी सबार थिए । दुर्घटनामा चालक सन्तोष लाई सामान्य चोट पटक लागेको र कुनै मानबिय छ्यती भने नभएको सबारी चालक सन्तोषले बताए ।
उर्लाबारी निवासी छवि सापकोटालाई आफुले १० दिन अघिमात्र रु ९ लाखमा उक्त टिप्पर बिक्री गरेको र सबारी बिक्री गर्दाको रकम आजै भुक्तानी लिने दिन थियो । त्यसैले सबारी नामसारिको काम पनि बाकिनै थियो गाडी यहाँ दुर्घटना हुनपुगेछ , दुर्घटना स्थलमा भेटिएका गोबिन्द खतिवडाले बताए ।
प्रकाशित मिति: २०२३-०७-१० , समय : १७:१२:४४ , १ वर्ष अगाडि