गौतम बुद्धले अषाढ पूर्णिमा आजकै दिन गृहत्याग गरेका थिए

झापा एक्सप्रेस , ७३१८३  पटक हेरिएको

लेखक – लक्ष्मण विश्वकर्मा

सिद्धार्थ राज कुमार २९ वर्षको उमेरमा आजकै दिन दरबारको सुखभोग त्यागेर सारा जगतको उद्दार गर्नका लागि निर्णय लिएको दिन हो । आजकै दिन मध्ये रातमा उनका मित्र छन्दको साथ सहयोगमा दरबार छाडेका हुन् । आजको दिनमा उनका छोरा राहुल जन्मिसकेका थिए । आफ्ना छोराको मोह मायालाई समेत वास्ता नगरी गृहत्याग गरे । हुनत एक पटक छोराको अनुहार हेर्न खोपीमा जाने कोसिस गरे । तर श्रीमति यसोधारा बिउझिएर बाधा अड्चन आउँ सक्छ भनेर उनी सुटुक कसैले चाल नपाउने गरी दरबार छाडे।

राज कुमार सिद्धार्थलाई गृहत्याग गर्ने रहर अर्थात् बैराग्यता ४ वटा अबस्थाको दृश्यले जगाएको हो । बृद्ध मानिस,रोगी व्यक्ति,मरेको मानिस र भिक्षु ।मानिस किन बुद्धो हुन्छ ? मानिस किन रोगको पिद्धामा हुन्छ ? मानिसले किन मर्नु पर्छ ? यी तीन प्रश्नले सिद्धार्थलाई बिरक्त बनाएको थियो । यी दृश्यहरु दरबारबाट
उद्यानतर्फ घुम्न जादा देखेका हुन् । चौथो पटक उद्यान घुम्न जादा भिक्षु देखेपछि संसारमा समाज आफन्त घर ब्यबहारबाट मतलव नराख्ने एक्लो जीवन भिक्षुको हो भन्ने कुरा सारथी छन्दबाट थाहा पाएपछि यस प्रति सिद्धार्थमा बैराग्यता जागेको हो ।

उनको मनमा यो चिन्ताको विकास हुदै गयो । फलस्वरूप अषाढ पूर्णिमाको शुभ मुहूर्तमा महान राज्य सम्पती त्यागेर महाभिनिष्क्रमण गर्ने निर्णय राज कुमार सिद्धार्थले गरे ।उनी सवार हुने कन्थक घोडालाई “आज तिमीले मलाई तार,बुद्धत्व प्राप्त गरेपछि म संसारलाई तार्नेछु” भन्दै सारथी छन्दलाई पुच्छर समात्न लगाए । दरबारमा पहरा दिईरहेका पहरेदारहरुलाई समेत थाहा नहुने गरी राजप्रासादको मूलढोकाबाट बाहिर निस्के ।

प्रकाशित मिति: २०२३-०७-०३ , समय : २१:२७:१० , २ वर्ष अगाडि

error: Content is protected !!