झापा एक्सप्रेस , २९०५८ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा सिचाईं कार्यका लागि गाउँबासीको विद्युत महसुलमा ६०% सम्म अनुदान प्रदान गर्ने भएको छ।
उपाध्यक्ष अन्जुदेवी थपलियाले आइतबार चौधौं गाउँसभामा बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकामा स्थायीरुपले बसोबास गर्ने कृषकलाई सिचाईं कार्यको लागी विद्युत महसुलमा चालू आर्थिक वर्षमा ५०% लाई वृद्धि गरि ६०% सम्म अनुदान प्रदान गर्नका लागि व्यवस्था मिलाइएको बताउनुभयो ।उहाँले यसका लागि २० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो।यस्ता सुविधा प्राप्त गर्नका लागि आफुले प्राधिकरणलाई तिरेको महसुलको नगदी रसिद र विल अनिवार्य हुनुपर्ने बताइएको छ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले ५०% सिचाईंको महसुल तिरिदिदै आएको थियो।
गाउँपालिकाले चौधौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ सालका लागि रु ४९ करोड ९० लाख १७ हजार २ सयको अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ।
प्रकाशित मिति: २०२३-०६-२७ , समय : १०:०५:३० , १ वर्ष अगाडि